थापाको राप्रपामा पहिरो: जयन्तसहित २२ जनाले पार्टी छाडे, बुवा लोकेन्द्रबहादुर कता?

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपामा पहिरो गएको छ। राप्रपाका महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्। लोकेन्द्रबहादुर राप्रपामा कमल थापापछि दोस्रो वरियताका नेता हुन् । चन्द पछिल्लो समय ३ वटै राप्रपा एक हुनुपर्ने बताउँदै आएकोमा…