उदयपुर- नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो । सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम…