गुल्मीमा गोठमा आगलागी, एक जनाको ज्यान गयो

गुल्मी – गुल्मीको इस्मा गाउँपालिका–३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ताबहादुर सार्कीको गोठमा शुक्रबार राति अचानक आगलागी हुँदा एक अपरिचित व्यक्तिको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । आगलागीमा परी ज्यान गुमाएका व्यक्तिको शव पहिचान हुन सकेको छैन । घरका कुनै पनि व्यक्ति…