चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा अन्योलमा

काठमाडौं - राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ । यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह…