शनिबारसम्म हिमपात र वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिमी वायुको प्रभावले शनिबारसम्म यस्तो अवस्था आउने जनाएको छ । विभागले पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम बदली हुने जनाएको हो । आज पनि उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको महाशाखाले…