ट्रयाक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुर – त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित सडकमा म प्र ०१–००१ त २५६४ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्री देवी चौधरीको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्रयाक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ…