काठमाडौँ— सत्तारसिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली भूमिमाथिकाे अतिक्रमण कुनै पनि हालतमा सह्यै नहुने बताएका छन्। सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने शनिबार काठमाडाैँमा भएकाे कार्यक्रममा खनालले बताए। भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी क्षेत्रलाई भारतीय भू–भागमा समेटिएको सन्दर्भमा उनले भने,…