केन्द्रीय कारागारमा चार जना कैदीको मृत्यु, एक जनामा कोरोना पुष्टि

काठमाण्डु – केन्द्रीय कारागार सुन्धारामा चार जना कैदीको मृत्यु भएको छ । सोमबार राती एक जना र मंगलबार बिहान तीन जना कैदीको मृत्यु भएको हो । मृतकमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कंचनपुर भीमदत्त नगरपालिका–६ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल भर्ना गरिएको…