काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २४ सय रुपैयाँले बढेको हो । आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले बढेको…