काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूले उपस्थिति जनाएका छन् । आईतबार विशेष महाधिवेशनको उद्घाटन सत्र समापन हुँदासम्म बहुमतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर जनाउँदै विशेष महाधिवेशनको वैधानिकता कायम गरेका छन् । सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्षधरको सहमतिका बाबजुद महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । विशेष…