रेशम चौधरी तत्काल रिहा नभए आन्दोलन चर्काउँछौं : जनजाति महासंघ

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्रा्ष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाडौं घोषणा पत्र आईतबार सार्वजनिक गर्दै महासंघका अध्यक्ष जगत बरामले कैद भुक्तान गरिरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद चौधरीको विना सर्त…