काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले चिनियां राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर केन्द्रित भएको बताएका छन् । उनले भ्रमणको सफलतासंगै खतरा पनि बढेको दावी गरे । सञ्चार केन्द्र शनिबार राजधानीमा गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दै नेता नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताए । शक्तिशाली मुलुकहरुको आफ्नो स्वार्थ…