काठमाडौं—काठमाडौं उपत्यका विश्व सम्पदा सूचीभित्र पर्ने सातवटा सम्पदा क्षेत्रहरुको पछिल्लो अवस्था अध्ययन गर्न नेपाल आएको युनेस्कोको रियाक्टिभ मोनिटरिङ मिसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग भेटघाट गरेको छ। भेटघाटमा २०७२ वैशाखको भूकम्पबाट क्षति भएका काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्स्थापना र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भयो। त्यसक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण…