रवि लामिछानेको मुद्धा आज सुनुवाई हुँदै, के आउला अदालतको फैसला ?

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्धको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा आज (बिहीबार) सुनुवाइ हुँदैछ । जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको तेस्रो नम्बरमा पेसीमा रहेको रविको मुद्दा आज सुनुवाई हुने भएको हो । जिल्ला अदालतको आदेश विरुद्ध…