काठमाडौं – काठमाडौंबाट मनाङ गइरहेको पर्यटक सवार स्कार्पियो पहिरोमा पुरिएको छ । लमजुङको मर्स्याङदी गाउँपालिका–४ स्याँगेमा आएको पहिरोले शनिबार साँझ मनाङ गइरहेको बा१६च ५०६८ नम्बरको स्कार्पियो पुरेको हो । पहिरोले स्कार्पियोको अगाडिको भागमात्र पुरेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित पाँच जना यात्रु रहेको बताइएको छ । अबिरल वर्षापछि आएको पहिरो खसेर…