काठमाडौं - जाडो मौसमको सुरुवातसँगै बालबालिकामा अत्यधिक मात्रामा निमोनिया देखिन थाल्छ । निमोनियालाई धेरैले सामान्य रूपमा लिए पनि यसले बच्चाको मृत्यु नै पनि हुन सक्छ । त्यसैले यसबारे सचेत हुन जरुरी छ । के हो निमोनिया ? निमोनिया फोक्सोमा देखा पर्ने समस्या हो । निमोनिया हुँदा फोक्सोका कोषहरू सुन्निन्छन् र श्वासप्रश्वासमा बाधा…