काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले केही पत्रकारसंग सम्बन्धित कागजात उपलब्ध गराइदिन गरेको पत्राचारप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । युनियनले आज एक विज्ञप्तिमार्फत केही सञ्चार माध्यममा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको सक्कली र नक्कली भनिएका कार्यसम्पादन मूल्यांकन प्रकाशित भएको सन्दर्भमा सोको स्रोत समेत खुलाइ कागजात उपलब्ध गराइदिन गरिएको पत्राचारप्रति ध्यानाकर्षण भएको…