वर्षकाे एकदिन मात्रै खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि दर्शनार्थीकाे घुइँचो

काठमाडौं - वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ । मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल…