‘ट्राउट’ माछाबाट मालामाल

-देवराज सुवेदी  सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिकास्थित किउलका भण्डारी दाजुभाइलाई ‘ट्राउट’ माछापालनमा जुटेको हिजोजस्तै लाग्छ । वि.सं. २०७० फागुनमा ‘ट्राउट रेन्बो’ प्रजातिको माछापालन थाल्दा उनीहरुले धेरै समस्या र असफलता भोग्नुपर्यो । ढुसीका कारण उत्पादित भुरा मर्ने, स्वच्छ पानीको व्यवस्थापन नजान्दा झण्डै एक वर्ष उनीहरुको व्यवसाय सिकाइमा बित्यो । विस्तारै माछापालनमा ‘सिक्दै, गर्दै’ को पाँच वर्षको अनुभवपछि…