काठमाडौं– कंग्रेस आइको नेतृत्व राहुल गान्धीले सम्हालेका छन्। निर्विरोध पार्टी अध्यक्षमा चुनिएका राहुलले शनिबारबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्। शुक्रबार मात्र उनकी आमा सोनिया गान्धीले राजनीतिबाट सन्यासको घोषणा गरेकी थिइन्। अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गरेका छन्। …