च्यावनप्राशको बट्टामा चरेश तस्करीः रसियन नागरिक पक्राउ

काठमाडौं– प्रहरीले दुुई किलो चरेशसहित एक रसियन नागरिकलाई पक्राउ गरेको छ।   च्यावनप्राशको बट्टामा चरेश तस्करी गरिरहेका भिक्टर इसिभानोनलाई प्रहरीले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।     विमानस्थलको होल्ड ब्यागेज चेकिङतर्फको एक्सरेमा चेकजाँच गर्दा उनले बोकेको झोलामा २ वटा च्यावनप्राशको बोतलमा राखी लुकाई छिपाई तस्करी गर्न लागेको चरेस फेला परेको हो ।