नेपाल-भारत सीमा नजिकै मूर्तिकारहरूले बनाए महाकालीदेखि नेपालको झण्डासम्म

काठमाडौं - नेपालका विभिन्न स्थानबाट भेला भएका मूर्तिकारहरूले चितवनको माडीस्थित सोमेश्वर गढी जाने बाटोमा विभिन्न प्रस्तर मूर्ति बनाएका छन्। सोमेश्वर गढी नेपाल-भारतको सीमानजिकै छ। आधुनिक उपकरण पनि प्रयोग गरेर २९ मूर्तिकारले १८ दिन लगाएर ५० वटा मूर्ति बनाएका हुन्। मूर्तिमा आधुनिक शैलीमा पौराणिक पात्र तथा अन्य वस्तुको सजीव चित्रण गरिएको छ। ढुङ्गामा कुँदिएका ती मूर्तिहरू…