देशभर मनसुनी वायुको प्रभाव : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाण्डु - हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ। साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा…