काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले हाल देशमा सामान्यदेखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।यसैगरी, महाशाखाले दिउंसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन,…