४१ वर्ष अघिदेखि अड्किएको आठराई विमानस्थल तीन वर्षभित्रै बन्छ : मन्त्री भट्टराई

पाँचथर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन् । हवाईमैदानको स्थलगत अध्ययनका लागि शुक्रबार चुहानडाँडा आएका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । यो आर्थिक वर्ष्भित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने…