-खुल्ला आकाश, सूर्योदयको प्रकाशमा डुब्ने सुन्तलारंगी धर्ती अनि हिमाली श्रृङ्खलाको अद्भुत सुन्दरता आँखैमा ठोक्किन आइपुग्छ । वरपरका हरिया थुम्काहरू साथमा स–साना ग्रामीण बस्ती । काठमाडौंबाट २० किलोमिटरको दूरीमा अवस्थित रानीकोट भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोल र काभ्रेको रयाले गाविसको दोसाँधमा पर्छ । रानीकोटबाट कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि तथा लाङटाङजस्ता ८ हजार…