काठमाडौं– सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा अर्को बयवस्था नभएसम्मको लागी उपसचिव प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलकाअनुसार आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्मको लागी निगमको कार्यकारीका रुपमा काम गराउने निर्णय गरेका हुन् । मन्त्रिपरिषदको बैठकले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेपछि आचार्यलाई जिम्मेवारी दिइएको हो । …