काठमाडौं–रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सञ्चालित नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यासको समापन भएको छ। गत भदौ १८ गतेबाट सुरु भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘इण्डियन–नृपाल बटालियन लेभल कमान्डो’ तालीमको शनिबार सेनाका बलाधिकृत बलदेव राज महतले समापन गरे। प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि…