कोरोना नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशलाई ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

काठमाडौं – कोरोना रोेकथाम तथा नियन्त्रणका लागि ग्लोबल आइएमई बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरे । ‘कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग मिलेको छ,’ मुख्यमन्त्री…