काठमाडौं – नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । नेपाल बैंक सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा संलग्न १३ जनालाई पछि पार्दै अधिकारीले बैंकको सिइओको जिम्मेवारी पाएका हुन् । अन्तिम प्रतिस्पर्धामा अधिकारीसँगै शेषरमण आचार्य, शंकरकुमार रायमाझी र पुष्पराज…