दशैंका लागि खसीबोका र च्याङ्ग्राको मूल्य तोकियो, प्रतिकेजी कति ?

काठमाडौं – सरकारले दशैंका लागि खपत हुने खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ज्युँदो खसीबोकाको प्रतिकेजी ५ सय ५० रुपैयाँ र ज्युँदो च्याङ्ग्राको प्रतिकेजी ७ सय ३० रुपैयाँ मूल्य तोकेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए । कम्पनीले दशैंलाई लक्षित गरी मूल्य तोकेसँगै कम्पनीको कार्यालय थापाथलीमा आजैबाट खसीबोका…