काठमाडौं – सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने संभावना देखिएपछि एक सातायता बढेको तापक्रम (आज) सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने, ‘बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार बिहानैदेखि पूर्वी भेगमा…