नगर कार्यपालिका बैठकमा विवाद, मन्थलीका मेयरको टाउको फुट्यो

रामेछाप – कार्यपालिकाको बैठकमा विवाद बढेपछि मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट घाइते भएका छन् । नगर प्रमुख बस्नेतको टाउकोमा गम्भीर चोट लागेको नगरपालिकाले जनाएको छ । सोमबार साँझ बसेको नगर कार्यपालिका बैठकमा काम नभएको योजनाको भुक्तानी माग गरिएको विषयमा भएको छलफलले उग्र रुप लिएपछि नगर प्रमुख बस्नेत कुटिएका हुन्…