काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा संघर्षरत स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । अध्यक्ष राणाले सहयोग स्वरुप उपलब्ध गराएको स्वास्थ्य सामाग्री सिन्धुपाल्चोकस्थित ईलाका स्वास्थ्य कार्यालय, मेलम्चीलाई बुधबार हस्तान्तरण गरिएको छ । ‘कोरोना महामारीले मानव जातिलाई नै आक्रान्त तुल्याएको छ । यसै क्रममा सिन्धुपाल्चोक जिल्लामा…