काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्रको रुपमा…