कैलाली र कञ्चनपुरमा भीषण आँधीहुरी अपडेटः एकको मृत्यु, ५३ जना घाइते

काठमाडौं - सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबार भीषण हावाहुरी आएको छ । भीषण हावाहुरी साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेका छन् । प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट एकको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २७…