जनकपुरधाम - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न…