काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वहरुसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गरेका छन्। प्रधानमन्त्रीले ओलीले आफ्नो एक महिना अघिको भारत भ्रमणको पहिलो दिनको भेटमै आफूले भारतीय समकक्षीसँग सुझाएको मितिमै उनको भ्रमण हुन लागेको जनाउँदै भने, ‘यस पटक हाम्रो राष्ट्रिय हितका पक्षमा भारतका नेताहरुले सम्मान प्रकट गर्दै आन्तरिक मामिलामा…