ग्वार्कोको आकाशे पुलबाट हाम फालेका वृद्धको मृत्यु

काठमाडौं – ललितपुरको ग्वार्कोस्थित आकाशेपुलबाट हाम फालेर घाइते भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान आकाशे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सातदोबाटो प्रहरी कार्यालयले जनाएको छ । शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । राईले पुलबाट हाम फाल्नुको कारण…