सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाण्डु - मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाण्डुबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन। मृतकहरूको…