सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका (आज) मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठडौं पुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनियाँ पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो…