विप्लव समूहमा लागेको भन्दै वकिल पक्राउ, बारको आपत्ती

काठमाडौं – नेपाल बार एशोसियसनले विद्यार्थीसंगठनहरूले आयोजना गरेको पत्रकारसम्मेलनबाटै विप्लव माओवादी निकट अखिलक्रान्तिकारीका अध्यक्ष तथा अधिवक्ता चिरञ्जीवी ढकाललाई प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै विरोध जनाएको छ । उनलाई विनाशर्त रिहाइ गर्न पनि बारले माग गरेको छ । शुक्रबार ढकाललाई अनामनगरस्थित यूनियन हाउसमा भएको पत्रकार सम्मेलनबाटै प्रहरीले पक्राउ गरेको थियो । ढकाल अखिलक्रान्तिकारीका अध्यक्षमात्र होइन…