चितवन – अवैध रुपमा भित्र्याएको नौ हजार किलो कुखुराको ‘फ्रोजन मिट’ भरतपुरमा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोस्ट चितवनले व्यवसायीको रोहवरमा उक्त मासु नष्ट गरेको हो। त्यससँगै १५ सय किलो माछा, हरियो केराउलगायत सामग्री नष्ट गरिएको छ।अवैध मासु भित्रिँदैछ भन्ने सूचना पाएका चितवनका कुखुरा व्यवसायी आइतबार राती आफै सडकमा गाडी कुरेर नियन्त्रणमा लिएका थिए।…