काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराइलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको राष्ट्रपति कार्यालय शितलनिवासमा आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन…