काठमाडौं– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाटै चुनाव लड्ने भएका छन्। ‘प्रचण्डले चितवन–३ छोडेको र अब बर्दियाबाट चुनाव लड्ने’ भनेर विभिन्न डिजिटल मिडियामा समाचार सार्वजनिक भइरहेका बेला प्रचण्डको सचिवालयले उक्त समाचारको खण्डन गर्दै ‘सुनियोजित प्रचार’ भनेको छ। प्रचण्डको सचिवालयले भन्यो, ‘अध्यक्ष प्रचण्डका बारेमा दुष्प्रचार फिजाइएको छ। चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन…