काठमाडौं–भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै सम्बन्ध राखे बलात्कार ठहरिने आदेश जारी गरेको छ। सर्वाेच्चले १८ वर्षमुनिको श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै नाबालिग श्रीमतीले १ वर्षभित्र मुद्दा दर्ता गर्न अधिकार दिएको छ। यद्यपि बलात्कारसम्बन्धी आईपीसीको धारा ३७५ मा एउटा अपवाद पनि छ जुनअनुसार म्यारिट रेपलाई अपराध मानिँदैन। …