काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुनर्गठनका लागि संघीय समाजवादी फोरम बाधक रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसँगको छलफलमा देउवाले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट माओवादी मन्त्री हटाए आफनो पार्टीले समर्थन फिर्ता लिने चेतावनी दिएको गुनासो गरेको हुन् । यादवको…