गोरखा - सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गरेका छन् । भुकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न शुक्रबार विहान गोरखा पुगेका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धीत सबैलाई आग्रह गरे । “दरबारको पुनःनिर्माणको काम अन्यन्तै सुस्त गतिमा भइरहेको देखियो”, उनले भने, “पुनःनिर्माणमा ढिलाइ हुंदा गोरखा आउने आन्तरिक…