काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने, ‘संविधानमा उल्लिखित प्रदेश तथा स्थानीय तहका अधिकार सङ्घीय सरकारबाट नियन्त्रित भए भन्ने…