काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित जंगी अड्डा भवनको उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जंगी अड्डामा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । उनी नेपाली सेनाकी परमाधिपति पनि हुन् । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढंगबाट निर्माण सम्पन्न भएको…